जुम्लामा हिमपात : प्रशासनले चोक–चोकमा आगो बाल्यो

जुम्ला – जुम्लामा यस वर्ष आज बुधवार पहिलो पटक हिमपात भएको छ । जुम्लामा हिउँ परिरहेका कारण चिसो बढेको छ ।  चिसोबाट जोगिन तथा न्यानो गर्न स्थानीय प्रशासनले जुम्ला सदरमुकामका विभिन्न चोकमा आगो बालेको छ । चिसो बढेपछि चोकचोकमा आगो बाल्न जिल्ला वन कार्यालय र चन्दननाथ नगरपालिकाले समन्वय गरिरहेको छ । सशस्त्र प्रहरी ३३ नम्बरका गणपति गगन श्रेष्ठका अनुसार जुम्ला सदरमुकाममा आधा फिट र अग्लो ठाउँमा एक फिटसम्म हिउँ जमेको छ । उहाँका अनुसार हिमपात भएपछि पत्रकार महासङ्घ शाखा अगाडि, बसपार्क, कृष्ण मन्दिर, जिल्ला प्रशासन,...

सम्बन्धित सामग्री

जुम्लामा हिमपात, जनजीवन प्रभावित

जुम्ला । आज बिहानदेखि जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनाली निकै राहत पुगेको गुठीचौर गाउँपालिका स्थानीय दीपक बुढाले बताए । हिउँ पर्न थालेपछि बढेको अत्यधिक जाडोले जुम्लाको जनजीवन कष्टकर बनेको छ । निजी विद्यालयमा पठनपाठन […]

सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णालीको जुम्लामा हिमपात

काठमाडौं । सुदूरपश्चिमको पहाडी जिल्ला र कर्णालीको जुम्लामा हिमपात भएको छ । सुदूरपश्चिमको बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको स्थानीयले बताएका छन् ।  सिगासमा आज बिहानदेखि हिमपात भएको का किसान दानसिंह बोहराले बताए । हिमपातका कारण चिसो बढेको छ । चिसोका कारण बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।  यसैबीच हिमपातले किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको बोहराले बताए । राससको सहयोगमा

जुम्लामा हिमपात : कर्णाली राजमार्गमा डोजरले हिउँ पन्छाउँदै (फोटो फिचर)

जुम्ला – जुम्लामा भारी हिउँ परेको छ । हिमपातले हिजाे बिहीवार रातिदेखि सडक, हवाई यातायात बन्द हुनुका साथै जनजीवन कष्टकर बनेकाे छ ।  मध्यरातिदेखि लागातार आएको हिमपातले कर्णाली राजमार्ग बन्द हुनुका साथै जुम्लाबाट हुने उडान बन्द भएका छन् । हिमपातले कर्णाली राजमार्गमा रहेका गाडीहरू थन्किएका छन् । कर्णाली राजमार्गको जुम्ला खण्डमा झन्डै एक फिटसम्म हिमपात भएपछि सडक बन्द भएकाे हाे ।  हिउँ पन्छाउँदै प्रशासन   सडकमा हिउँले ढोकेपछि स्थानीय प्रशासनले डोजरले हिउँ पन्छाएर नाग्म– गमगढी सडक खण्...

जुम्लामा हिमपात : जनजीवन कष्टकर, कृषक उत्साहित

कर्णाली प्रदेशका जुम्लासहित मुगु, हुम्ला, डोल्पा र कालिकोटमा हिमपात भइरहेको छ । जुम्लाको अग्ला भुभागसहित सदरमुकाम खलंगामा समेत हिमपात भइरहेको छ । लगातारको हिमपातले जनजीवन कष्टकर बनेको छ । जेष्ठनागरिक, दीर्घरोगी,...

जुम्लामा हिमपात, चिसोबाट बच्न प्रशासनको आग्रह

जुम्ला । जुम्लामा मंगलबार रातिबाट हिमपात भएको छ । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ। जुम्ला प्रशासनले चिसाेबाट बच्न न्यानाे भएर बस्न आग्रह गरेको छ । जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान,अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएकाे प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बताइन् । ‘बालबालिका र बृद्धबृद्धालाई […] The post जुम्लामा हिमपात, चिसोबाट बच्न प्रशासनको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

६ हजार स्याउका बिरुवा निर्यात

हिमपात नहुँदा स्याउ उत्पादन घट्नेजुम्ला-माघ महिनाको पहिलो साता बितिसक्दा पनि जुम्लामा हिमपात नहुँदा यहाँका किसान चिन्तित भएका छन् । पुस माघ महिनामा हिमपात भएपछि स्याउखेतीमा सिँचाइ हुने, समयमै सिँचाइ हुँदा स्याउ उत्पादन वृद्धि हुने र बालीनाली पनि सप्रिन्थ्योे । तर यसपालि माघ दोस्रो सातासम्म पनि हिमपात नभएपछि जुम्ली किसान चिन्तित भएका हुन् ।जुम्लाको ३ हजार […]

हुम्ला र जुम्लामा हिमपात

जुम्ला/हुम्ला -  देशका अरु हिमाली क्षेत्रसँगै हुम्ला र जुम्लामा पनि हिमपात भएको छ ।आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ ।हिमपातले उडान हुन नसकेपछि सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने तयारीमा रहेका यात्रुहरु हुम्लामै रोकिएका छन् । यस्तै उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने बाटो र आसपासका डाँडा पनि हिउँले सेताम्य भएका छन् ।यस्तै जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ । हिउँ पर...

जुम्लामा हिमपात

जुम्लामा हिमपात सुरु भएको छ। हिमपातले जनजीवन कष्टकर भएपनि कृषि क्षेत्रमा फाइदा हुने भन्दै कृर्षकहरु खुसी भएका छन्। वर्षा भएसंगै जुम्ला सदरमुकाम लगायतका आसपासका क्षेत्रमा हिमपात भएको हो। गत वर्ष पुसमा नै हिमपात भएको जुम्लामा यस वर्ष भने माघ अन्तिममा मात्रै हिउँ परेको छ।