सुदूरपश्चिम प्रदेश नेकपा केपी ओली पक्ष कमजोर देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै ल्याएर माहोल बनाउने तयारीमा ओली पक्ष जुटेको छ ।
पूर्व माओवादी खेमाका प्रभावशाली नेता एवं उद्योग मन्त्री लेखराज भट्ट र नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई आफ्नो पक्षमा भित्र्याए पनि ओली पक्ष रक्षात्मक नै देखिएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो विस्तारमा ओलीले प्रेम आलेलाई समेत मन्त्री बनाएका छन् । वन मन्त्री बनेका आले ओली पक्षकै हुन् ।
३ जना मन्त्री रहेको सुदूरपश्चिम प्रदेशमा ओली पक्षमा माहोल बनाउन मन्त्रीत्रय भट्ट, ...