गुल्मीमा आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा आइतबार एक पुरुष पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्लाको मदाने गाउँपालिका–४ का ३५ वर्षीय विवश क्षेत्री (नाम परिवर्तन) २५ वर्षीया श्रीमती निर्मोही (नाम परिवर्तन) लाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा कारागार चलान भएका हुन्।जिल्ला न्यायाधीशको अनुपस्थितिमा श्रेस्तेदार भीमप्रसाद भुसालले उनलाई पुर्पक्षका लागि कारागार थुना पठाउने आदेश गरेको जिल्ला अदालत गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्यामप्रकाश