विश्वासको मत दिने/नदिने निर्णय गर्न कांग्रेसलाई सकस, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाण्डाै - सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । एमालेको सहयोगमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वास मत दिने नदिने विषयमा विवाद भएपछि छलफल गर्न कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो ।  बिहान साढे ११ बजे संसद् भवनको ल्होत्से भवनमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने छ । बैठकको  निर्णय अनुसार संसदीय दलको बैठकबाट विश्वासको मतबारे औपचारिक निर्णय लिने कांग्रेसको तयारी छ । &nb...