ट्रेडमार्कको विवाद विकराल बन्दै गइरहेको छ । बौद्धिक सम्पत्ति चोरीको उजुरीका चाङ लागेसँगै विवादले विकराल रुप लिन थालेको हो।
उद्योग विभागका अनुसार बौद्धिक सम्पत्ति चोरीसम्बन्धी उजुरी आउने क्रम बढेको छ। गत वर्ष मात्रै १ सय ७४ वटा उजुरी परेको छ। गत वर्ष ५७ वटा मात्रै छिनोफानो भए। विभागका अनुसार हालसम्म बौद्धिक सम्पत्ति चोरीका ६ सय ६७ वटा विवाद सल्टिएको छैन्।
लामो समयसम्म छिनोफानो हुन नसक्दा धेरैजसो बौद्धिक सम्पत्ति चोरीका मुद्दाहरू पेन्डिङमा हुने गरेका हुन्। प्रस्ट कानुन नहुँदा बौद्धिक सम्पत्तिको चोरी बढेको ...