चिसाङ खोलाको दोहन नरोकिए बस्ती जोखिममा पर्छ : मन्त्री थापा

प्रदेश नं. १ का  वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाले चिसाङ खोलाको दोहन नियन्त्रण गर्न नसके खोला किनारका बस्ती उच्च जोखिममा पर्ने बताएका छन् ।  मोरङको बेलबारी–१०, चिसाङ खोला पश्चिम किनार संरक्षण तथा वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले बालुवा, गिट्टी र ढुङ्गा मानिसलाई आवश्यक प्राकृतिक वस्तु भएको बताए । उनले तिनको प्रयोग गर्न नजान्दा प्राकृतिक प्रकोपले मानिसलाई दुःख दिइरहेको उल्लेख गर्दै चिसाङ खोलामा ठेक्का लागेको भन्दा बढी दोहन हुँदा च