नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले सचिवालयको बैठक सुरु भएको हो ।बैठकमा स्थानीय तह निर्वाचनका लागि आवश्यक तयारीबारे छलफल हुने एमालेले जनाएको छ । पार्टीका तर्फबाट बन्ने उम्मेदवार, घोषणापत्रका बारेमा छलफल हुने नेताहरूले जनाएका छन् ।