काठमाडाैँ – काभ्रेमा दैनिक कोरोना संक्रमणदर बढिरहेको पाइएको छ। पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० मा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच सङ्क्रमित फेला परेको हो। कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना सङ्क्रमण देखिएको छ। १३ स्थानीय तहमध्ये सात तहमा सङ्क्रमण देखिएको […]