संकटग्रस्त अर्थतन्त्र बचाउन सरकार लचिलो बन्नुपर्छ

मुलुकको अर्थतन्त्र अप्ठ्यारोतर्फ धकेलिएको झन्डै एक वर्ष पुग्न लागिसकेको छ । सरकारको अनेकौं प्रयासका बाबजुद पनि विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार आउन सकेको छैन । बरु आयात नियन्त्रणका कारण राजस्वमा प्रतिकूल प्रभाव परेका कारण सरकारको वित्तीय स्थितिसमेत खराब बन्दै गइरहेको छ । अर्थतन्त्रमा मूलत: आयातको आकार बढ्दै गएको, विदेश अध्ययन गर्न जानेबाट सेवा खाता घाटा […]