काठमाडौं : गण्डकी प्रदेश सरकारले ल्याएको सञ्चारमाध्यम सम्बन्धी विधेयक प्रेस स्वतन्त्रतामैत्री नभएको भन्दै नेपाल पत्रकार महासंघले फिर्ता लिन आग्रह गरेको छ।महासंघले निरन्तर खबरदारी गर्दा पनि प्रदेश सरकारले विधेयकलाई संसदमा दर्ता गर्नु अत्यन्तै दुखद् भएको भन्दै प्रेसलाई नियन्त्रण र अंकुश लगाउन उद्धत विधेयक फिर्ता माग गरेको हो।महासंघका महासचिव रोशन पुरीले बिहीबार विज्ञप्ति जारी गरी विधेयकमा भएका प्रावधान नेपालको संविधान, संघीय कानुन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धमा रहेको औंल्याएका छन्।&lsq