कोरोनाको बढ्दो मामिलालाई मध्यनजर गर्दै चीनले व्यापक रुपमा लकडाउन लागू गरेको छ । यसका कारण थुप्रै बहुराष्ट्रिय कम्पनीले आफ्नो काम रोक्नुपरेको छ ।लकडाउनका कारण करोडौँ जनताले प्रतिबन्धको सामना गर्नुपरिरहेको छ जसमा पूरा जिलिन प्रान्त र टेक्नोलोजी हब शेन्जेन समावेश छ ।यसपटक लकडाउनलाई चीनको हालसम्मको सबैभन्दा ठूलो लकडाउन मध्ये एक मानिँदै छ ।यसमा आर्थिक प्रभाव पनि देखिएको छ । टोयाटा, फक्सवेगन र एप्पलको आपूर्तिकर्ता कम्पनी फक्सकन ती कम्पनीमध्ये एक हो जुन लकडाउनद्वारा प्रभावित भएको छ ।लकडाउनबाट आवश