बीओकेको स्मार्ट दशैं अफर

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) को डेबिट तथा क्रेडिट कार्डवाहकले स्मार्ट डोकोको स्मार्ट दशैं अफरमा २० प्रतिशतसम्म नगद फिर्ता पाउन भएका छन् । दशैंलाई लक्षित गरी स्मार्ट डोकोले ०७८ साल असोज १४ गतेबाट सञ्चालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकका कार्डवाहकले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनका माध्यमबाट प्रि–पेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाउन सक्नेछन् । यस अफरमा बैंकका कार्डवाहकले  आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत भुक्तानी गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरे २० प्रतिशत वा अधिकतम रु. १ हजार ५०० सम्म नगद फिर्ता पाउन सक्नेछन् । स्मार्ट दशैं अफरमा बैंकको कार्डवाहकले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्म नगद फिर्तासहित विभिन्न राष्ट्रिय र अन्तरराष्ट्रिय ब्रान्डका सामान खरिद गर्न सकिने बैंकले जनाएको छ । हाल बैंकले ९० शाखा, ८० एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

सम्बन्धित सामग्री

स्मार्ट डोकोका दशैं अफर, यस्ता छन् विशेषता

स्मार्ट डोको ई–कमर्श एपले दशैंको अवसरमा ‘स्मार्ट दशैं अफर’ ल्याएको छ । अफर अन्तर्गत ग्राहकले विभिन्न बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा छुट पाउने छन् ।ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक ९रु ७५० सम्म०, बैंक अफ काठमाण्डौंको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक ९रु १५०० सम्म० र माछापुछ«े बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत क्यासब्याक ९रु २१० सम्म० पाउनेछन् ।यो दशैंमा ग्राहकहरुले दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहार समेत जित्न सक्नेछन् । स्मार्टडोकोबाट सामान खरिद गर्ने ग्राहकले दैनिक निम्नानुसारका अन्य उपहारहरु पनि जित्न सक्नेछन् । १) डाइमण्ड ओमेगा १८ लिटरको ओभर टोस्टर ग्रिलर२) क्रेन इलेक्ट्रिकल अल्ट्रासोनिक कुल एयर प्युरिफायर३) पोको किड्स गिफ्ट भाउचर४) बेबी ट्रि गिफ्ट भाउचर५) इनर्जाइजर पावर बैंक६) गोल्डस्टार G10 जुत्ता७) WEIDE men’s जापानिज क्वार्र्टाज मुभमेन्ट जेन्युन लेदर ब्याण्ड रिस्टवाच स्मार्टडोकोले यस स्मार्ट दशैं अफरमा ग्राहकहरुलाई इलेक्ट्रिोनिक्स, हेल्थ एण्ड ब्यूटी, एपिरियल्स, बेबी केयर र अन्य सामग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ । साथै ग्राहकले अधिकतम ७० प्रतिशतसम्म छुट पाउने समेत व्यवस्था गरिएको छ । ग्राहकले यो अफरमा आफूलाई मनपर्ने विभिन्न उपहारहरु स्मार्टडोकोको वेवसाइट तथा एपबाट अर्डर गरी फाइदा लिन सक्नेछन् । स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रडक्टहरु छन् । ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै कोभिड–१९का लागि आवश्यक सामग्री, फूड र ग्रोसरी, हेल्थ एण्ड ब्यूटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्रीहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले विहान ११ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन् ।स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यहाको रिङरोडभित्र निःशुल्क डेलिभरी र रिङरोडभन्दा बाहिर निकै कम शुलकमा समान डेलिभरीको सुविधा पाउन सक्नेछन् । यो अफर असोज १४ देखि असोज २१ सम्म लागू हुनेछ ।

गोदरेजको दशैं अफर : ‘नाउ इज वाउ फेस्टिवल्, कम खर्च धेरै बचत’

इलेक्ट्रोनिक्स ब्राण्ड गोदरेजले नजिकिरहेको  नेपालीहरूको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘नाउ इज वाउ फेस्टिवल्, कम खर्च धेरै बचत’ नामक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत गोदरेज ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार जित्ने अवसर भएको कम्पनीले जनाएको छ । सामानमा ३१% सम्मको क्यासब्याक प्राप्त गर्न सकिने साथसाथै बम्पर उपहार अन्तर्गत ३ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलइडी टि.भी समेत जित्न सकिने व्यवस्था  गरिएको छ । उक्त योजना अन्तर्गत गोदरे...

स्मार्टडोकोको ‘स्मार्ट दशैं अफर’

२० असोज, काठमाडौं । दशैंको शुभ अवसरमा स्मार्टडोकोले सेलपेको सहयोगमा 'स्मार्ट दशैं अफर' ल्याएको छ । यस अफरबाट स्मार्टडोकोका ग्राहकहरुले हरेक दिन सामसुङ्ग स्माटर् फोन जित्ने मौका पाउनेछन् । र यसको लागि स्मार्टडोकोमा सेलपे मार्फत …