काठमाडौं। नेपाल मेडिकल कलेजले कोभिड–१९ का बिरामी डिस्चार्ज गर्न थालेको छ। कलेजलाई अक्सिजन आपूर्ति गर्दै आएको सोपान फर्मासिटिकल्सको मेशिन बिग्रिएपछि बिरामीलाई नै डिस्चार्ज गरेको हो। आपूर्तिकर्ताको मेशिन बिग्रिएपछि कलेजमा हिजै दिउँसो ४ बजेदेखि अक्सिजन सकिएको थियो। अन्य उद्योगबाट अक्सिजन ल्याउने प्रयास गरेपनि नपाएपछि बिरामीलाई अन्यत्रै जान भन्दै डिस्चार्ज गरेको हो।