वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु

ताप्लेजुङका सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुकसुरु भएको छ । दसैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी (लक्ष्मी पूजा) का दिनसम्म मनाइने फुटुक पर्व आजदेखि विधिवत रुपमा सुरु भएको हो ।वालुङ (भोटे) समुदाय चीनसँगको सीमावर्ती फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा मात्र बसोबास गर्दै आएका छन् । उक्त समुदायको मौलिक सांस्कृतिक पर्व फुटुक विगतदेखि नै धुमधामसँग मनाउने गरिएको छ । यस वर्ष कोरोना सङ्क्रमणको अवस्था न्यून भएकाले फुटुक पर्व भव्यरुपमा मनाउन थालेको फक्ताङ्लुङ