सुदूरपश्चिमका ७ जिल्ला सञ्चारबिहीन

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला सञ्चारबिहीन भएका छन्। अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकाले मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिनुभयो। सुदूरपहाडका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारबिहीन भएको उहाँले बताउनुभएकाे छ। मंगलबार दिउँसो २ बजेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा अझै […]