सडक छेउछाउका तार ७ दिनभित्र व्यवस्थित गर्न ललितपुर महानगरको आग्रह

ललितपुर – ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमलाई सडक छेउछाउमा राखेका तारलाई व्यवस्थित गर्न अनुरोध गरेको छ । महानगरले आज शुक्रवार सूचना निकालेर अव्यवस्थित तथा सडकको पोल–पोलमा राखिएका तारका अनावश्यक मुठाले सहरलाई कुरुप बनाएकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ । महानगरले इन्टरनेट सेवा प्रदायक तथा नेपाल टेलिकमलाई सात दिनभित्र तार आफैँ हटाउन र तोकिएको समयभित्र आफैँ नहटाए कारबाही गर्ने चेतावनी दिएको छ । नगरलाई सुन्दर र 'स्मार्ट सिटी' बनाउने त...