गल्याङ नगरपालिकामा आइतबार सार्वजनिक बिदा

राष्ट्रिय मगर दिवसको अवसरमा फागुन १५ गते आइतबार नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा भएको प्रमुख भुपराज अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।

सम्बन्धित सामग्री

स्याङ्जामा सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारीसाधन नियन्त्रणमा

जेठ ८, स्याङ्जा । सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।  जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिवार पाँच सवारी साधन नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाका अनुसार बिरुवा गाउँपालिकाका दुई मोटरसाइकल, शिक्षा कार्यालयको एउटा मोटरसाइकल, गल्याङ नगरपालिकाको चार पांग्रे सवारी साधन र पर्वतको पैयुँ गाउँपालिकाको चार पांग्रे सवारी साधन नियन्त्रणमा लिइएको हो । आज पनि सार्वजनिक बिदा भएकाले अनुमति बिना सरकारी सवारी साधन सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिइने उनले बताए । शनिवार नियन्त्रणमा लिइएका सरकारी सवारी साधन आज सार्वजनिक बिदा भएकाले सोमवार मात्रै आवश्यक प्रक्रिया पूरा गरेर फिर्ता गरिने उनले जानकारी दिए ।  नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भई यही जेठ १ गतेदेखि लागू भइसकेकाले सार्वजनिक बिदाका दिनमा प्रशासन कार्यालयबाट जारी भएका पास बाहेकका सरकारी सवारी साधन सञ्चालन नगर्न नगराउन अनुरोध गरिएको छ । रासस

पृथ्वी जयन्तीको अवसरमा स्याङ्जाका ७ पालिकाले दिए आज सार्वजनिक बिदा

स्याङ्जा । पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउनका लागि स्याङ्जाका ७ वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । स्याङ्जाका गल्याङ नगरपालिका,चापकोट नगरपालिका, वालिङ नगरपालिका , आधिखोला गाउँपालिका,कालीगण्डकी गाउँपालिका, हरिनास गाउँपालिका,भिरकोट नगरपालिका लगायतले आज सार्वजनिक बिदा दिने निर्णय गरेका हुन। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि पृथ्वी जयन्तीको अवसरमा पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। पालिकाले […]

पृथ्वीजयन्तीका अवसरमा स्याङ्जाका सात वटा पालिकाले दिए सार्वजनिक बिदा

स्याङ्जा - पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाउनका लागि स्याङ्जाका सात वटा पालिकाले मङ्गलवार सार्वजनिक बिदा दिएका छन् ।  स्याङ्जाका वालिङ नगरपालिका, चापाकोट नगरपालिका, भीरकोट नगरपालिका, गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र आँधीखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । नेपाल राष्ट्रको एकीकरण गरेका पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै पालिकाहरु भित्रका सरकारी कार्यालयहरु तथा सङ्घसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको उनीहरुले सार्वजनिक सूचना निकालेर...