ग्लोबल आइएमई बैंक लिमिटेडले २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले काभ्रेपलाञ्चोकको दाप्चा बजार र ताप्लेजुङ्गको सिन्वामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २६२ पुगेको छ ।
बैंकले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८, दाप्चा बजार र ताप्लेजुङ्ग जिल्लाको फाक्ताङलुङ गाँउपालिका वडा नं. ३, सिन्वामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैंकको भकुण्डेबेसी शाखाअन्तर्गत रहनेगरी ...