युक्रेनमा आक्रमण गर्न उडेको रुसी लडाकु विमानले झुक्किएर आफ्नै शहरमा बम खसायो

यस घटनामा दुई महिलासहित तीन जना घाइते भएका छन् । अन्य क्षतिको विवरण भने सार्वजनिक भएको छैन । बिहीबारको यो घटनापछि कसरी रुसी युद्धक विमानका पाइलट झुक्किए भनेर अनुसन्धान सुरु भइसकेको छ ।