प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाणलाई तोकेका छन् ।
प्रधानमन्त्री देउवा आजबाट बेलायत भ्रमणका जान लागेकाले मन्त्रिपरिषद्को दोस्रो तहका सदस्य गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिफारिस गरेर राष्ट्रपति कार्यलयमा पत्र पठाएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम गृहमन्त्री खाणलाई तोकेकी हुन् ।
प्रधानमन्त्री देउवा बेलायतमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी...