काठमाडौँ । नेकपा एमालेको कार्यदलमा भइरहेको छलफल सहमति नजिक पुगेको छ । आज सिंहदरवारमा भएको छलफल सकारात्मक र सहमति उन्मुख भएको कार्यदलका सदस्यले जानकारी दिए। सहमति भोलिसम्म टुङ्गोमा पुग्ने बताइएको छ । लगातार तीन दिनदेखि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू रहेको कार्यदलको बैठक बसिरहेको छ।