काठमाण्डाै - सरकारले दादुरा फैलिएको बाँकेमा अभियानकै रुपमा खोप कार्यक्रम चलाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालका अनुसार तत्कालका लागि बाँकेको दादुरा प्रभावित क्षेत्रमा खोप अभियान सुरु गर्न लागिएको हो ।
नेपालगञ्जमा दादुरा सङ्क्रमणबाट एक ३१ महिनाका बालकको ज्यान गएको छ भने २८ जनामा सङ्क्रमण पुष्टि भएको छ । बाँकेलाई दुई वर्षअघि नै ‘पूर्ण खोप’ जिल्ला घोषणा गरिएको थियो । गएको १३ गतेदेखि दादुराका बिरामी फेला परेको नेपालगञ्ज उपमहानगरपालिका ७ वटा वडामा सङ्क्...