ए डिभिजन लिग : थ्री स्टारको पहिलो जित

काठमाडौं : शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा शुक्रबारको पहिलो खेलमा थ्री स्टार क्लबले एफसी खुमलटारलाई पराजित गरेको छ। यस पटकको लिगमा थ्री स्टारको यो पहिलो जित हो।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा खुमलटारलाई २–० ले हराउँदै थ्री स्टारले लिगमा पहिलो जित दर्ता गरेको हो। थ्री स्टारका लागि दुवै गोल अजय मार्टिन कायोडेले गरे।पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न सकेनन्। निकै प्रतिष्पर्धात्मक बनेको खेलमा थ्री स्टारले दोस्रो हाफमा मात्र गोल गर्न स