विश्व हिन्दू परिषद्को चेतावनीपछि दिल्ली प्रहरीले रोक्यो मुनव्वर फारुकीको शो

काठमाडौं । भारतीय स्ट्यान्डअप कमेडियन मुनव्वर फारुकीको राजधानी दिल्लीमा सोमबार हुने भनिएको शो स्थगित भएको छ । कार्यक्रममा प्रस्तुति दिनका लागि मुनव्वरले गरेको आग्रह दिल्ली प्रहरीले अस्वीकार गरेपछि उनको शो रोकिएको हो । मुनव्वरले दिल्लीको सिभिक सेन्टरस्थित केदारनाथ स्टेडियम कार्यक्रम गर्ने खबर सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्ले रोक्न माग गर्दै प्रहरीलाई पत्र लेखेको थियो । मुनव्वरको […]

सम्बन्धित सामग्री

हिन्दूवादीले जलाए बाबुराम भट्टराईको पुत्ला

विश्व  हिन्दू परिषद नेपालले जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध आज प्रदर्शन गरेको छ । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै परिषद्ले राजविराज, वीरगन्ज जस्ता देशका मुख्य सहरहरूमा प्रदर्शन गरेको हो । विश्व हिन्दू परिषद् नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरूले डा.भट्टराई विरुद्ध नाराबाजी गर्दै पुत्ला समेत जलाएका थिए ।बहुसङ्ख्यक सनातन धर्मावलम्बिहरुले आस्थामाथि खेलबाड गर्दै अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको उनीहरुको आरोप छ ।