निजी रेडियोहरूको छाता संस्था ब्रोडकास्टिङ अफ नेपाल (वान) का पूर्वअध्यक्ष चन्द्र न्यौपानेको प्रथम स्मृति दिवसका अवसरमा शनिबार अक्षयकोष स्थापना गरिएको छ।...
पाँचथर, १५ माघ । अभिभावकले बालबालिकालाई अङ्ग्रेजी माध्यममा पठनपाठन हुने विद्यालयतर्फ लैजान थालेपछि पाँचथरको एक विद्यालयका प्रधानाध्यापक दम्पतीले अङ्ग्रेजी माध्यममा पठनपाठन गराउनका लागि अक्षयकोष स्थापना गरेका छन् । कुम्मायक गाउँपालिका–१ खाल्डेस्थित खाल्डे माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एगेन्द्रबहादुर खड्का र उनका श्रीमती एवं सोही विद्यालयका हालका प्रधानाध्यापक गीता खड्काले दुई लाख ५० हजारको अक्षयकोष स्थापना गरेका हुन् […]
डोटी – डोटीको जोरायल गाउँपालिका–३ चनकट्टेका रघुनाथ जोशीले आफूले पाउँदै आएको वृद्धभत्ता रकमबाट दुई वटा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले एक/एक लाख रुपैयाँका रघुनाथतारा अक्षयकोष स्थापना गर्नुभएको हो ।
१ सय २ वर्षको उमेरमा जोशीले जोरायल गाउँपालिका–३ काे शिवपुर माध्यमिक विद्यालय र सरस्वती नगर प्राथमिक स्वास्थ्य केन्द्रमा अक्षयकोष स्थापना गर्नुभएको हो । जोशीले जीवनको उत्तरार्धमा पुण्य कार्य गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । समाजसेवी जोशीकी श्रीमती तारादेवी ९८ वर्षकी हुनुभएको छ । अहिले उहाँहरू ...
‘नेपाल प्रहरी–भक्तवीर सिंह तुलाधर फाउन्डेसन छात्रवृत्ति अक्षयकोष’ स्थापना गरिएको छ । नेपाल प्रहरी र भक्तवीर सिंह तुलाधर फाउन्डेसनबीच आज ‘नेपाल प्रहरी–भक्तवीर सिंह तुलाधर फाउन्डेसन छात्रवृत्ति अक्षयकोष’ स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले अक्षयकोष स्थापनाका लागि रु २५ लाखको चेक प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई […]
कञ्चनपुर– विकराल समस्याको रूपमा रहेको छाडा चौपाया व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्न कञ्चनपुरको भीमदत्त नगरपालिकामा कबाड सङ्कलन कार्य थालिएको छ । लोक कल्याणकारी सेवा ट्रष्टले भीमदत्त नगरपालिकामा गौ–सेवा अक्षयकोष स्थापना गर्न कबाड सङ्कलन गरिरहेको छ । अक्षयकोष स्थापना गर्न घरमा काम नलाग्ने सामान सङ्कलन गर्ने कार्य भइरहेको ट्रष्टका संरक्षक परमाध्यक्ष हरिशरण महाराजले बताए । ‘गौ–सेवा […]
कर्णाली । वीरेन्द्रनगरका नगर प्रमुख देवकुमार सुवेदीले आफ्नो पारिश्रमिकबाट १३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । सुवेदीले पारिश्रमिक बापतको सो रकम ‘रवि–जगत फाउन्डेशन’का नाउमा अक्षयकोष स्थापना गरेका हुन् । फाउन्डेशनले सामाजिक सेवा, पर्यावरण संरक्षण लगायतका कार्यमा सहयोग र पैरवी गर्ने जनाइएको छ । “यो संस्था गैरराजनीतिक मुनाफारहित जनहितकारी सामाजिक संस्था हुनेछ,” नगर प्रमुख सुवेदीले […]
The post वीरेन्द्रनगरका मेयरद्वारा अक्षयकोष स्थापना appeared first on राजधानी राष्ट्रिय दैनिक.
म्याग्दी, २८ चैत्र । म्याग्दीको एउटा मन्दिरमा रु साढे सात लाखको अक्षयकोष स्थापना गरिएको छ । बेनी नगरपालिका–२ खबराको राधाकृष्ण मन्दिरमा रामनवमी पर्वका अवसरमा स्थानीयवासीले चन्दा सङ्कलन गरेर नित्य पूजा सञ्चालनलगायत अन्य परोपकारी कार्यका लागि अक्षयकोष स्थापना गरेका हुन् । सोही अवसरमा चन्दादातालाई सम्मान गर्दै समाजसेवी भद्रबहादुर कार्कीले मन्दिरले समुदायको एकतालाई थप बलियो बनाएको बताए […]
पाल्पाको रैनादेवी छहरा–५ मुझुङ्गमस्थित कालिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।
मुझुङ्गका नारायणबहादुर रायमाझीले बुवा चित्रबहादुर रायमाझीको चौरासी पूजा नगरी सो बापतको रकम १ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका विद्यालयले जनाएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा १–१० सम्मका असहाय तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न बुवा र स्वर्गीय आमा बोधकुमारीको नाममा अक्षयकोष स्थापना गरेका विद्यालयका प्रधानाध्यापक श्रमण अर्घालीले बताए ।
रुपन्देहीको बुटबल उपमहानगरपालिका–६ अस्पताल लाइनका...
पाल्पा । पाल्पाको रैनादेवी छहरा–५ मुझुङ्गमस्थित कालिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । मुझुङ्गका नारायण बहादुर रायमाझीले बुबा चीत्र बहादुर रायमाझीको चौरासी पूजा नगरी सो वापतको रकम एक लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको विद्यालयले जनाएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका असहाय तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न बुबा र […]
रुपन्देहीका एक जनप्रतिनिधिले आफूले पाएको पारिश्रमिक वापतको रकमबाट अक्षयकोष स्थापना गरेका छन् ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडा सदस्य नारायणप्रसाद उपाध्यायले आफ्नो आमा स्वर्गीय सावित्रा उपाध्यायको नामबाट अक्षयकोष स्थापना गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित उपाध्यायले पाँच वर्षे कार्यकालको तलब, भत्ताबापत हुने ५ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।
अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याजको रकम सिद्धार्थनगर वडा नम्बर ३ मा स्थायी बसोबास गर्ने विपन्न परिवारलाई सहयोग गर्ने उपाध्य...
नुवाकोट, १२ बैशाख । नुवाकोटको बेलकोटगढी नगरपालिका– ११ उपल्लो तिगाउँस्थित कालिका आधारभूत विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति दिन अक्षयकोष स्थापना भएको छ । महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सिआइपी) सम्मानप्राप्त सोही वडा निवासी गोपीप्रसाद कँडेलले आफ्ना दिवङ्गत पिता नेत्रप्रसादका स्मृतिमा रु एक लाख ५पाँच हजार ५५ को अक्षयकोष स्थापना गरेका हुन् । उक्त रकमको चेक […]