ओमानमा गैर कानुनी रूपमा काम गर्ने विदेशीलाई हुन्छ एक महिना जेल र ८ सय ओमानी रियालसम्म जरिवाना

काठमाण्डौ – तपाईँ ओमानमा गैर कानुनी रूपमा काम गरिरहनुभएको त छैन । यदि छ भने सचेत हुनुहोस् । तपाईँलाई कम्तीमा १ महिनाको जेल सजाय वा ४ सयदेखि ८ सय ओमानी रियाल जरिवाना वा दुवै सजाय हुन सक्छ । गैर कानुनी रूपमा काम गर्ने विदेशी श्रमिकलाई ओमान प्रवेश निषेध हुने गरी स्वदेश फर्काइदिने व्यवस्था समेत ओमानको कानुनले गरेको छ ।  यस्तै कुनै पनि विदेशी श्रमिकले ओमानको कानुनी अनुमति बिना कुनै पनि गतिविधि सञ्चालन गरेमा पनि १ महिनाको जेल सजाय वा ५ सयदेखि १ हजार ओमानी रियाल वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।...