झापाका एकजना बाख्रापालक किसानले बाख्राको दूध बेचेर मनग्य आम्दानी गरेका छन् । बिर्तामोड नगरपालिका–३ स्थित शिव कृषि फार्मका सञ्चालकले बाख्राको दूधलाई आम्दानीको स्रोत बनाएका हुन् ।
काठमाडौं । तनहुँको पर्यटकीय नगरीका रूपमा चिनिएको बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नुको कारण हो– प्राकृतिक सुन्दरता । अहिले भने राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रममा पुग्नका लागि पर्यटक आउने गरेका छन् ।
त्यहाँ आउने पर्यटकले बाख्राबारे जानकारी लिने गरेका छन् । उक्त कार्यालयले बाख्राबारे अध्ययन तथा अनुसन्धान हुने गरेको छ ।
कतिपय भने त्यहाँ चिज खान पनि पुग्ने गरेका छन् । कार्यालयले पछिल्लो समय बाख्राको दूधबाट चिज पनि उत्पादन गर्ने गरेको छ । कार्यालयले प्रतिकेजी १ हजार रुपैयाँमा चिज बेच्ने गरेको छ । त्यहाँ उत्पादित चिज पर्यटकले रुचाएको कार्यालयका कर्मचारी बताउँछन् ।
त्यसो त कार्यालयले बाख्राको दूध पनि बेच्ने गरेको छ । बाख्राको दूध भने प्रतिलिटर ६० रुपैयाँमा विक्री हुने गरेको कार्यालयले जानकारी दिएको छ ।
।
डेंगीको महामारीको समयमा बाख्राको दूध र चिजको अत्यधिक माग भएको कार्यालयले जानकारी दिएको छ ।
२०३३ सालमा स्थापना भएको उक्त केन्द्रमा २०४८ सालदेखि अनुसन्धान थालिएको हो । हाल सरकारको बाख्रामा अनुसन्धान गर्ने निकाय यो मात्रै हो ।
त्यहाँ ८० हेक्टरमा बाख्रा फार्म सञ्चालन गरेको छ, जहाँ सानेनलगायत खरी प्रजातिका बाख्रा छन् । अनुसन्धान कार्यक्रममासानेन प्रजातिका बाख्रा ५० भन्दा बढी र खरी, सिन्हाल, जमुनापारी, बोयर, बारबारीलगायत प्रजातिका करिब ५ सय बाख्रा छन् ।
कार्यालयमा दैनिक ४० लिटरसम्म दूध उत्पादन हुन्छ । त्यसमध्ये अधिकतम १२ देखि २० लिटरसम्म दूध विक्री हुने गरेको छ भने बाँकी दूधको चिज उत्पादन हुने गरेको छ ।१ केजी चिज उत्पादनका लागि ८ देखि १० लिटरसम्म दूध चाहिन्छ । त्यहाँ उत्पादित चिज पोखराको मेट होम र बन्दीपुरमा विक्री गर्ने गरेको छ ।