विराटनगर जुट मिलको अस्तित्व संकटमा

नेपालको राजनीतिक आन्दोलनको इतिहाससँग जोडिएको विराटनगरस्थित जुट मिल यतिबेला अस्तित्व नै लोप हुने खतरामा परेको छ । ८ दशक लामो इतिहास बोकेको जुट मिल व्यवस्थापनमा बढ्दो राजनीतिक हस्तक्षेपका कारण यो पटकपटक खुल्ने र बन्द हुने क्रमसँगै अहिले आफ्नो अस्तित्व नै संकटमा पुगेको अवस्थामा छ । नेपाली राजनीतिमा राजनेताको छवि बनाएका गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको राजनीतिक यात्रा शुभारम्भ भएको धरोहरका रुपमा यो मिललाई सम्झिने गरिन्छ ।मजदुर आन्दोलनमार्फत देशको राजनीतिक ‘कोर्स’ परिवर्तन गर्