अमेरिकाले इरानको नयाँ सरकारलाई परमाणु सम्झौतासम्बन्धी वार्तामा फेरि फर्कन आग्रह गरेको छ । इरानका नवनियुक्त राष्ट्रपति इब्राहिम रायसीले जिम्मेवारी ग्रहण गरेकै दिन बिहीबार अमेरिकाले परमाणु सम्झौताको विषयलाई सकारात्मक दिशातर्फ लैजान आग्रह गरेको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले कूटनीतिक वार्ताको अवसर सधैँ खुल्ला नरहने चेतावनीसमेत दिनुभएको समाचारमा जनाइएको छ । सन् २०१५ मा इरान र अन्य ६ देशहरू अमेरिका, बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीबीच भएको एउटा सम्झौताअनुसार इरानलाई आर्थिक क्षति पु