नेपाल बारका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठले बेन्च बहिष्कार गर्नेसम्मको अवस्था आउन सक्ने बताएका छन् । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले बार र न्यायपालिका मिलेर जानुको विकल्प नभएको बताए । उनले प्रधानन्यायाधीशले पनि छलफलका क्रममा यही कुरा राखेको उल्लेख गर्दै न्यायालय सुधारको काम नभए बेन्च बहिष्कारसम्म पनि हुनसक्ने चेतावनी दिए । ‘प्रधानन्यायाधीशले नेपाल बार र न्यायपालिका मिलेरै जानुपर्छ भनेका छन्’, श्रेष्ठले भने, ‘न्यायालय सु