गण्डकी प्रदेशमा थप ४३८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार २०४ जनाको नमुना परीक्षण गरिएकामा ४३८ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये २०८ महिला र २३० जना पुरुष रहेका छन् ।प्रदेशका ९ जिल्लामा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै पर्वतमा सङ्क्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १७९, बागलुङ ६१, स्याङ्जा २९, मुस्ताङ ७, म्यादी २०, पर्वत ३, गोरखा २०, लमज