केपी ओली र मिनेन्द्र रिजालको निर्वाचन क्षेत्रको सीमामा रहेको रतुवा खोला तर्न १० रुपैयाँ शुल्क

झापा र मोरङ जिल्ला पूर्वाधार र विकासले सुगम मानिए पनि यिनै दुई जिल्ला जोड्ने खोलामा रहेको पुल तर्दा पैसा तिर्नुपर्छ भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । तर हुलाकी राजमार्ग अन्तर्गत झापा र मोरङ जोड्ने रतुवा खोला तर्दा स्थानीयवासीले वर्षौंदेखि पैसा तिर्दै आएका छन् ।झापातर्फ पूर्वप्रधानमन्त्री केपी शर्माओली र मोरङतर्फ बहालवाला रक्षामन्त्री डा.मिनेन्द्र रिजालको निर्वाचन क्षेत्र पर्छ । राष्ट्रिय राजनीतिमा प्रभावशाली मानिएका दुवै नेताको निर्वाचन क्षेत्र जोड्ने खोलामा भने स्थानीयवासीले पुल तर्दा पनि प