माओवादी र समाजवादीको गठबन्धन रहेको मन्त्री आलेको पालिका बडीकेदारमा कांग्रेस विजयी

काठमाण्डाै - मन्त्री प्रेम आलेको गृह पालिका डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित दुई वटा वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भैरवबहादुर साउद २ हजार ३ सय ४३ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चक्रबहादुर घर्तीले १ हजार ६ सय ८४ मत प्राप्त गर्नुभयो । त्यस्तै, नेकपा समाजवादीका भक्तबहादुर साउदले १ हजार ४ सय ७१ मत ल्याउनुभयो । गाउँपालिका उपाध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेद...