हरेक वर्ष पानीगाउँका किसानको जमिनमा धेरै अन्न फल्न थाल्यो । किसानहरु खुसीले गद्गद् हुन थाले । त्यसपछि उनीहरु खेतबारीमा कम जाने र घरमा मीठा मीठा खानेकुरा खाएर दिन बिताउन थाले । यता दिनभरी बाआमाले मीठा मीठा परिकार बनाउन थालेपछि केटाकेटी पनि स्कुल जान चटक्कै छाडे । एकदिन विहान झुलुक्क घाम झुल्कनासाथ एकजना भिक्षु त्यस किसान बस्तिमा आए । त्यहाँको अनौठो चालचलन देखेर उनी छक्क परे । विहानैदेखि गाउँमा मीठा मीठा खानेकुरा पाकेका, कोही खाना पकाईरहेका, कोही खाईरहेका, कोही बढी भएको खाना फालिरहेका, कोही प