दलका घोषणाप्रति विद्यालय कर्मचारी असन्तुष्ट, चुनावपछि अन्तिम चरणको आन्दोलन गर्ने चेतावनी

राजनीतिक दलका चुनावी घोषणापत्रप्रति विद्यालय कर्मचारीहरू असन्तुष्ट देखिएका छन् । लामो समयदेखि पूर्ण सेवा सुरक्षासहित विभिन्न माग अघि सार्दै आन्दोलन गरिरहेका उनीहरूले राजनीतिक दलका घोषणापत्रप्रति असन्तुष्टि जनाएका हुन् । आफूहरूले उठान गर्दै आएका मागसमेत घोषणापत्रमा समावेश हुने आशामा रहेका उनीहरूले आफ्ना मागप्रति दलहरुले कुनै चासो नराखेको बताएका छन् ।देशभरका ४० हजारभन्दा बढी विद्यालय कर्मचारीहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । गत भदौ १ गतेबाट राजधानी केन्द्रित आन्दोलन थालेपछि सरकारले वार्त

सम्बन्धित सामग्री

बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

१६ जेठ, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ मा विद्यालय कर्मचारीको विषय सम्बोधन नगरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल सरकारको नीति तथा कार्यक्रमले ‘सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधालगायतका विषयलाई सम्बोधन गरिनेछ।’ भनेर उल्लेख गरेपनि बजेटले सम्बोधन नगरेर सरकारले विद्यालय कर्मचारीमाथि अन्याय गरेको परिषद्को निष्कर्ष छ । सोमबार […]

माग पूरा गराउन विद्यालय कर्मचारीले दिए अनिश्चितकालीन बन्दको चेतावनी

१४ फागुन, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले विभिन्न माग राखेर अनिश्चितकालीन विद्यालय बन्दसम्मको आन्दोलन गर्ने चेतावनी दिएको छ । परिषदले विद्यालय कर्मचारीको सेवा सुविधा वृद्धिलगायत विभिन्न माग राखेर १ भदौदेखि आन्दोलन सुरु गरेको थियो । तर आफूहरुको मागप्रति सरकार उदासिन रहेको परिषदले बताएको छ । परिषद्ले १५ फागुनदेखि मसान्तसम्म सबै स्थानीय तहमा ध्यानाकर्षण पत्र […]

सम्झौता अनुसार सेवा सुविधा नपाए आन्दोलन गर्ने विद्यालय कर्मचारीको चेतावनी

२० साउन, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले आफूहरुसँगको सम्झौता अनुसार सेवा सुविधा नपाए आन्दोलन गर्ने चेतावनी दिएको छ । परिषद्ले विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा सम्बन्धी नेपाल सरकार र शिक्षक महासंघबीच भएको सम्झौता विपरीत कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९÷२०८० प्रकाशन भएको भन्दै परिषदले आपत्ति जनाएको छ । सम्झौता अनुसारको सेवा सुविधा […]