काठमाडौं : नेकपा माओवादी केन्द्रले संघीय सरकारमा ६ वटा मन्त्रालय मात्र पाउने भएको छ। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा जाने निश्चित भएपछि माओवादीले पाउने मन्त्रालयको संख्या कटौती भएको हो।माधव नेपाल नेतृत्वको पार्टी पनि सरकारमा सहभागी हुने भएपछि माओवादीले पाउने मन्त्रालय स्वतः घटेको केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए। उनले भने, ‘माधवजीहरू पनि आउने भएपछि स्वतः माओवादीले पाउने मन्त्रालय घट्छ। तर, पार्टीभित्र आकांक्षी धेरै देखिएका छन