मुकन्द रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा - NepaliPatra

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर १ घण्टा राष्ट्रिय सभागृहमा राखिने भएको छ । उनको शव ११ देखि दिउँसो १२ बजेसम्म सभागृहमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको हो । रिजालको निमोनियाका कारण आज बिहान ७ः३० बजे निधन भएको थियो । वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते […]

सम्बन्धित सामग्री

मुकुन्द रिजालको पार्थिव शरीरमा महानगरको झण्डा, तस्वीरहरू

काठमाडौं : काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर यतिखेर राष्ट्रिय सभागृहमा राखिएको छ। निमोनियाका कारण बिहीबार बिहान निधन भएको हो। उनको पार्थीव शरीरमा काठमाडौं महानगरका प्रमुख बलेन साह तथा उपप्रमुख सुनिता डंगोलले महानगरको झण्डा ओढाएका छन्। रिजालको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।रिजाल गत स्थानीय तह निर्वाचनमा  नेपाली कांग्रेसको तर्फबाट ४ हजार ५ मतका साथ अध्यक्षमा विजयी भएका थिए।