रौतहटमा मोटरसाइकलको ठक्कर बाट एकजनाको मृत्यु भएपछि प्रहरीले चालकलाई भगाएको भन्दै प्रहरीविरुद्ध आन्दोलन सुरु भएको छ । ठक्करबाट दुर्गा भगवती ३ मत्सरीको १६ वर्षीय सन्तकुमार झाको मृत्यु भएपछि चालकलाई प्रहरीले भगाएको भन्दै मृतकका आफन्त तथा स्थानीय पिपरा गौर सडक खण्डमा टायर बालेर बाटो अवरुद्ध गरि प्रदर्शनमा उत्रेका छन् । दुर्गा भगवती गाउँपालिका ३ घर भएका चन्द्रकिशोर झाको १६ बर्षीय छोरा सन्तकुमार झालाई संस्कृत माध्यमिक विद्यालय मत्सरी नजिक नम्वर खुलेको मोटरसाइकलले शनिवार दि