सडक विभागले अब स्थानीय तह अन्तर्गतका पुल निर्माण नगर्ने

काठमाडौं । सडक विभागले आफूलाई राष्ट्रिय राजमार्गमा पर्ने पुल निर्माणमा केन्द्रित गर्नेगरी स्थानीय तह अन्तर्गतका पुल निर्माण नगर्ने भएको छ । स्थानीय तह अन्तर्गतका पुल हस्तान्तरण तथा बजेट लगायतमा समस्या आएको भन्दै विभागले राष्ट्रिय राजमार्गका पुल निर्माणमा मात्रै केन्द्रित हुने तयारी गरेको हो । विभागका प्रवक्ता भीमार्जुन अधिकारीले स्थानीय सडकका पुलको ठेक्का हस्तान्तरण तथा पर्याप्त बजेट नहुने भएपछि आगामी आर्थिक वर्षदेखि स्थानीय तह अन्तर्गतका नयाँ पुल निर्माणको काम नगर्नेगरी छलफल अघि बढेको बताए । ‘आगामी आर्थिक वर्षदेखि स्थानीय तह अन्तर्गतका पुल निर्माणको काम विभागले नगर्नेगरी छलफल गरी बढेको छ, बजेट पनि सोहीअनुसार विनियोजन हुन्छ,’ उनले भने, ‘अब स्थानीय सडकमा पर्ने पुल स्थानीय तह, प्रदेश वा स्थानीय पूर्वाधार विभागले गर्नेछन् ।’ सडक विभागमा राष्ट्रिय राजमार्गमा पर्ने पुल निर्माणको जिम्मेवारी भए पनि अहिले स्थानीय तहका पुल निर्माण पनि विभाग अन्तर्गत भइरहेको उनको भनाइ छ । विभाग मातहतमा हाल मुलुकभर १ हजार २०० हाराहारीमा पुल निर्माणाधीन अवस्थामा छन्, जसमध्ये झन्डै ९०० पुल स्थानीय सरकार अन्तर्गतका हुन् । एकै पटक धेरै पुल निर्माणको जिम्मेवारी हुँदा विभागले अपेक्षाकृत रूपमा काम गर्न नसकेको उनको भनाइ छ । जनशक्तिलगायत स्रोत तथा साधन सीमित हुँदा समयमै पुल निर्माण नहुने अवस्था आएको विभागको भनाइ छ । विभागले ठूला र जटिल सडक तथा पुल निर्माण गर्नुपर्नेमा स्थानीय सडकका स–साना पुल निर्माणमै लाग्नुपरेको सडक विभागका पुल महाशाखामा कार्यरत इञ्जिनीयर कमलकुमार बस्नेतले बताए । विभागले रणनीतिक पुल निर्माणमा मात्रै केन्द्रित हुने उद्देश्यले गत वर्षदेखि स्थानीय पुल हस्तान्तरण गर्न खोजे पनि नसकिएको उनको भनाइ छ । ‘सडक विभागमा निर्माण गर्नुपर्ने पुलको संख्या बढ्दै जाँदा बोझ थपिएको छ,’ उनले भने, ‘नयाँ स्थानीय पुल अन्य निकायमार्फत निर्माण गर्नेगरी छलफल भइरहेको छ ।’ उनका अनुसार आगामी आवको बजेटमा शहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार महाशाखाले निर्माण गर्नेगरी छलफल भइरहेको हो । हाल स्थानीय पूर्वाधार विभागले झोलुंगे पुललगायत स्थानीय स्तरमा आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ । विभागसँग ठूलो संख्यामा निर्माणाधीन पुल भए पनि बजेट भने निकै कम विनियोजन हुने गरेको छ । निर्माणाधीन पुलमध्ये दशौं वर्ष पुरानो ठेक्का रहेका पुल पनि छन् । पाँच–दश करोड लागत लाग्ने पुलमा एक आर्थिक वर्षमा ५० लाख मात्र बजेट विनियोजन हुँदा काम गर्न समस्या भएको बस्नेतले बताए । ‘झन्डै १०० ओटा पुल निर्माणमा बजेटको समस्या छ, पर्याप्त बजेट नहुँदा समयमै काम गर्न गाह्रो हुन्छ,’ उनले भने, ‘वर्षेनि रकम छुट्ट्याए जस्तो देखिए पनि बजेट अभावमा काम पूरा हुन सकेको छैन ।’ विभागका अनुसार प्रत्येक वर्ष औसतमा चार हजारदेखि पाँच हजार ओटा पुल निर्माणको माग हुन्छ । खासगरी जनप्रतिनिधिहरूबाट पुलको माग बढी आउने गरेको उनको अनुभव छ । विभागका अनुसार झन्डै १०० पुल डिजाइन हुने क्रममा छन् । त्यस्तै १६० पुल भने निर्माण कम्पनी आफैले निर्माण गर्नेगरी ‘डिजाइन एण्ड बिल्ड’मार्फत अघि बढाइएको इञ्जिनीयर बस्नेतले बताए । विभागले खासगरी १०० मिटरभन्दा लामा पुल ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियामार्फत अघि बढाइरहेको बस्नेतले जानकारी दिए । यस्ता ठेक्कामा निर्माण कम्पनीले पहिलो ६ महीनामा डिजाइन गरेपछि काम शुरू हुने गरेको छ । यो प्रक्रियामार्फत काम गर्दा बढी प्रभावकारी हुने देखिएको उनले बताए । यसमा ‘क’ वर्गको निर्माण व्यवसायीले आफै लगानी गरेर काम गर्छन् । विभागका प्रवक्ता अधिकारीका अनुसार विभाग मातहतमा हाल १ हजारभन्दा बढी पुल निर्माणाधीन अवस्थामा छन् । तर पर्याप्त बजेट नहुँदा समस्या भइरहेको छ । पुल निर्माण जति वर्षमा पूरा हुने हो, सोही अनुसार बजेट विनियोजन गर्नुपर्ने उनले बताए । गत आर्थिक वर्षमा विभागले २८२ पुल सम्पन्न गरेको थियो । सो अवधिमा ३०० पुल सम्पन्न गर्ने लक्ष्य लिइएकोमा प्रगति ९४ प्रतिशत रहेको थियो । रासस

सम्बन्धित सामग्री

लमजुङका सात स्थानीय तह दमकलविहीन

चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेको लमजुङमा बेँसीसहर नगरपालिकासँग मात्रै अग्नि नियन्त्रणका लागि दमकल छ । बाँकी सात स्थानीय तहसँग दमकल छैनन् । कुनै पनि स्थानीय तहले दमकल...

जुम्लाका स्थानीय तह अभिलेखमा कमजोर

जुम्ला : जुम्लाका स्थानीय तह अभिलेखमा कमजोर देखिएका छन्। स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) कार्यक्रमले गरेको स्थलगत  अनुगमनमा यस्तो भेटिएको हो।पहिलो कार्यकालको पाँच वर्षमा गरेका कामहरुको अधिकांश स्थानीय सरकारले अभिलेख राख्न सकेका छैनन्। स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) कार्यक्रमले स्थानीय तहले गरेको कार्यसम्पादनको अभिलेखीकरण तथा ऐन अनुसार काम गरे नगरे अनुसारको मूल्यांकन गर्दै आएको छ।जस अन्तर्गत लिजाद्वारा सोमबार जुम्लामा आयोजित स्थानीय तह संस्थ

स्थानीय तह निर्वाचन : काँग्रेसले तोड्यो एमालेको रेकर्ड

स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले एमालेको रेकर्ड ब्रेक गरेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले ७५३ मध्ये २९४ स्थानीय तह जितेको थियो ।  यस पटकको निर्वाचनमा नेपाली काँग्रेसले एमालेको पुरानो रेकर्ड ब्रेक गर्दै सवै स्थानीय तहको मत गणना नसक्दै २९६ स्थानीय तह जितेको छ । शुक्रबार अपरान्हसम्मको तथ्यांकमा काँग्रेसले नगरपालिका तथा उपमहानगर पालिका प्रमुखमा ११२ र गाउँपालिका अध्यक्षमा १८४ पद जितेको हो । २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसले २६७ स्थानीय तहमात्र जितेको थिय

एमालेले जिते स्थानीय तह नै भंग हुन सक्छ : देउवा

धनगढी– प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुन सक्ने बताएका छन् । धनगढीमा सोमबार आयोजित पाँँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेको एमालेले स्थानीय तहमा जिते स्थानीय तह नै विघटन गर्न सक्ने बताए । ‘संसद विघटन गर्ने एमालेले जिते, उसले […]

स्थानीय तह निर्वाचनः सुनसान रोल्पा

राजनैतिक दलहरू जनताप्रति उत्तरदायी नभएका कारण ५ वर्षमा हुन थालेको स्थानीय तह निर्वाचन सुनसान छ।...

स्थानीय तह निर्वाचनः उम्मेदवार खुट्याउनै सकस

स्थानीय तह निर्वाचनको दिन नजिकिँदै गएको छ। निर्वाचन नजिकिएसँगै राजनीतिक दल तल्लोस्तरसम्म उम्मेद्वार छान्न व्यस्त छन्। स्थानीय तह अन्तर्गत वडा तहसम्म उम्मेद्वार छान्न अहिले दलहरुलाई हम्मेहम्मे छ। आकांक्षी धेरै हुँदा उम्मेद्वार खुट्याउन सकस भईरहेको दलले बता...

स्थानीय तह निर्वाचनका लागि एमालेद्वारा आयोगमा दल दर्ता

काठमाडौँ । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । निर्वाचन आयोगको कार्यालय पुगेर एमाले महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको […]

ताप्लेजुङका आधा दर्जन बढी स्थानीय तह अधिकृतबिहीन

फुङ्लिङ । ताप्लेजुङका आधा दर्जन बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतबिहीन बनेका छन् । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा लामो समयदेखि स्थानीय तह प्रमुखविहीन अवस्थामा छन् । कुनै स्थानीय तह करिब ६ महिना अघिदेखि र कुनै केही सातायता प्रमुखविहीन बनेका हुन् । यहाँ स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको अन्यत्र सरुवा भएको र […]

तेस्रो लहरमा उदासीन उपत्यकाका स्थानीय तह

कोभिड– १९ को पहिलो र दोस्रो लहरको लडाइँमा सम्भव भएसम्म कोसिस गरेका उपत्यकाका स्थानीय तह तेस्रो लहरविरुद्धको लडाइँमा भने उदासीन देखिएका छन् । उपत्यकामा सबैभन्दा बढी कोरोनाका संक्रमित भेटिए पनि कोरोना...

आज सप्तरीका सबै स्थानीय तह बन्द

सप्तरीको सबै स्थानीय तह आज बन्द भएको छ । सप्तकोशी नगरपालिकाका उपप्रमुख ३७ वर्षीया आशा चौधरीको मङ्गलबार भएको निधनप्रति समवेदना प्रकट गर्न जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय भएको हो ।जिल्ला समन्वय समिति सप्तरीको कार्यालयमा पालिका प्रमुखहरुको मङ्गलबार बसेको बैठकले स्थानीय तह तथा सो मातहत रहेका सम्पूर्ण शाखा, उपशाखा र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले विज्ञप्ति जारी गरेर जानकारी दिनुभएको छ । सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका छन् ।दुई सात