लालबकैया नदीको बाँध क्षतिग्रस्त, मेयरसहित सुरक्षा निकायका प्रमुखहरूद्वारा निरीक्षण

रौतहट- यस पटक मनसुन सक्रिय भएसंगै दैनिक जसो आउने गरेको बाढीको पानीले रौतहटस्थित लालबकैया नदी र बागमती नदीको बाँधमा कैयौं स्थानमा क्षति पुर्याएको छ ।  क्षतिग्रस्त बाँधको समयमा मर्मत सम्भार नभएको अवस्थामा जिल्लाको पूर्वी भेगस्थित बागमती नदी र पश्चिममा लालबकैया नदीमा आउने ठूलो बाढीले जनधनको क्षति हुनसक्ने सम्भावना...