मिलानले भित्रायो मोनाको रक्षक बालो टोउरे

एजेन्सी। इटालियन सिरी ‘ए’ क्लब एसी मिलानले फ्रेन्च लिग वान क्लब एएस मोनाकोका रक्षक फोडे बालो टोउरेलाई चार वर्षका लागि अनुबन्ध गरेको छ। सेनेगलका बालो–टोउरे पीएसजीबाट यूथ करियर सुरु गरेका थिए। त्यहाँबाट उनी २०१७ मा लिली गएका थिए। २४ वर्षे रक्षक २०१९ जनवरीमा मोनाको गएका थिए। मिलानले बालो टोउरेका लागि ४२ लाख युरो खर्च गरेको जनाइएको छ।