नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाईंले आफूले पाउने पारिश्रमिक गोरखा - १ का विपद पीडितहरूका लागि खर्च गर्ने घोषणा गरेका छन्। प्रतिनिधिसभा सदस्यका रूपमा बिहीबार शपथ ग्रहणको क्रममा सांसद बजगाईंले आफ्नो तलब भत्ता दुर्गम भेगमा विपतमा परेकाहरूको सेवामा खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। ‘मैले संसद सदस्य भएवापत पाउने तलब भत्ता गोरखा क्षेत्र नम्बर १ को विपदमा परेका पीडितहरूका लागि खर्च गर्ने घोषणा गर्दछु’ उनले भने । उनको निर्वाचन क्षेत्रमा अहिलेसम्म सडक सञ्ज