चोरीका १६ मोटरसाइकलसहित छ जना पक्राउ

नवलपुर । जिल्लाका विभिन्न स्थानबाट १६ चोरीका मोटरसाइकलसहित प्रहरीले छ जना व्यक्तिलाई पक्राउ गरेको छ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट मोटरसाइकलसहित चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जिल्लाको अरुणखोला, सर्दी र चिसापानीबाट मोटरसाइकलसहित चोरीमा संलग्नलाई पक्राउ […]