नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा एमालेको उम्मेदवारको जित सुनिश्चित हुनेगरी छलफल अगाडि बढाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको स्थायी कमिटी बैठकले एमालेको जीत सुनिश्चित हुनेगरी तयारी गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
उम्मेदवार भने छिट्टै सार्वजनिक गर्ने उनले बताए ।
एमालेले रिक्त राष्ट्रिय सभाको सदस्य पदमा रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
आकस्मिक रूपमा बसेको स्थायी कमिटी बैठकमा वैशाख २७ गते प्रधानमन्...