रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका छन् ।एमालेका मोहन चापागाईलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण प्रमुखमा निर्वाचित भएका हुन् ।  खाँणले २४ हजार ३ सय ९६ मत पाएर...

सम्बन्धित सामग्री

अब १२ ओटा पालिकाको अन्तिम मतपरिणाम आउँन बाँकी  : निर्वाचन आयोग

जेठ १०,  काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ ओटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४६० ओटा गाउँपालिकाका र २७९ ओटा नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । छमध्ये तीन  ओटा महानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ । विराटनगर, भरतपुर र वीरगञ्ज महानगरको मतपरिणाम सार्वजनिक भइसकेको छ । विराटनगरमा नागेश कोइराला, भरतपुरमा रेनु दाहाल र वीरगन्ज महानगरमा राजेशमान सिंह विजयी भइसकेका छन् ।           काठमाडौं, पोखरा र ललितपुर महानगर, तुलसीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको गढीमाई, गरुडा र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका, बाजुराको बूढीगंगा गाउँपालिकालगायत केही नगरपालिकामा मतगणना जारी रहेको आयोगले बताएको छ ।             काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन, पोखरामा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का टिकाराम खड्का अगाडि छन् ।        नतिजा सार्वजनिक भएकामध्ये ३२२ ओटा पालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसले १८८ गाउँपालिको अध्यक्ष र १३४ नगरको प्रमुखमा जित हासिल गरेको छ । एमालेले १२३ गाउँपालिका अध्यक्ष र ७९ नगरप्रमुख गरी २०२ पालिका प्रमुख जितेको छ ।             यसैगरी नेकपा (माओवादी केन्द्र) २५ नगरप्रमुख र ९६ गाउँपालिका अध्यक्षसहित १२१ ओटा पालिकामा विजयी भएको छ । एकीकृत समाजवादीले ११ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार ३० नगरमा विजयी भएको आयोगले बताएको छ । जनता समाजवादी पार्टीले २१ नगरप्रमुख तथा साना दल र स्वन्तन्त्र उम्मेदवारले ३२ गाउँपालिका अध्यक्ष जितेका छन् ।             कांग्रेसले १०६ उपप्रमुख र १९० उपाध्यक्ष, एमालेले १०६ उपप्रमुख र १२६ उपाध्यक्ष, माओवादीले ३३ उपप्रमुख र ९५ उपाध्यक्ष, जसपाले उपप्रमुख ११ र १९ उपाध्यक्ष तथा अन्य दलले २३ उपप्रमुख र ३० उपाध्यक्ष जितेका छन् ।             कांग्रेस सबैभन्दा बढी २ हजार ६३२ वडामा विजयी भएको छ । एमाले २ हजार ११२, माओवादी १ हजार ४९, जसपा २९१ र अन्य दल तथा स्वतन्त्र ५८५ वडामा विजयी भएका आयोगको तथ्यांक छ । रासस