'राजनीतिक इमान हरायो'

काठमाडौँ । “प्रजातन्त्र दिवस हामीले जुन उत्साहका साथ मनाउँथ्यौँ, त्यो अहिले छैन, प्रजातन्त्रका नाममा छाडातन्त्र आयो”, यो भनाइ प्रजातन्त्र सेनानी हीरामणि सुवेदीको हो । उमेरले ८६ वर्ष पुगेका कास्कीको पोखरा महानगरपालिका–२७ लेखनाथ चोक निवासी सुवेदी नेपाली राजनीतिमा देखिएको एकले अर्काको अस्तित्व नस्वीकार्ने प्रवृत्तिप्रति निकै चिन्तित छन् । सबैभन्दा म नै जान्ने छु, मलाई सबैले मान्नुपर्छ भन्ने अहम्वादले समग्र राजनीति प्रभावित भएको उनले बताए ।