धितोपत्र बोर्डले राख्यो ५१ कम्पनीलाई जोखिम युक्तको सूचीमा

राजु श्रेष्ठ, काठमाडौं ।  शेयर बजारमा दैनिक नयाँ रेकर्ड कायम हुँदै आएका बेला नियमक निकाय नेपाल धितोपत्र बोर्डले लगानी कर्तालाई सचेत गराउँदै करिब पाँचदर्जन कम्पनीलाई जोखि मयुक्तको सूचीमा राखेको छ । बोर्डले मंगलबार विज्ञप्ति जारी गरी पछिल्लो एक वर्षमा केही कम्पनीको अस्वभाविक शेयर मूल्य बढेको उल्लेख गदै ५१ वटा कम्पनीलाई उक्त सूचीमा राखेको हो । […]

सम्बन्धित सामग्री

केयर रेटिङस् नेपाललाई धितोपत्र बोर्डले गर्‍यो कारबाही

काठमाडौं– नेपाल धितोपत्र बोर्डले स्वार्थ बाझिने रेटिङ गरेको भन्दै केयर रेटिङस् नेपाललाई कारबाही गरेको छ । २ असोज मंगलबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले केयर रेटिङ्सलाई नगद जरिवाना गराएको धितोपत्र बोर्ड स्रोतले जनाएको हो । नियमविपरीत स्वार्थ बाझिने रेटिङ गरेको पुष्टि भएपछि बोर्डले कम्पनीलाई ५० हजार रूपैयाँ नगद जरिवाना गरेको हो । विशाल […]

समयमै वित्तीय विवरण नबुझाउने कम्पनीलाई धितोपत्र बोर्डले कारवाही गर्ने

११ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीलाई सूचना, जानकारी तथा विवरणहरु समयमै पेश गर्न निर्देशन दिएको छ । बोर्डले समयमै निर्देशन पालन नगर्ने सूचीकृत कम्पनीलाई कारवाही गर्ने चेतावनी पनि दिएको छ । समयमा वित्तीय विवरण र वार्षिक प्रतिवेदन पेश नगर्ने संस्थालाई कारवाही गर्ने चेतावनी बोर्डले दिएको छ । बोर्डले धितोपत्र दर्ता तथा निष्कासन […]

थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स

नेपाल धितोपत्र बोर्डले थप ११ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ । बोर्डको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ११ वटा ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको हो । योेसँगै बोर्डबाट धितोपत्र कारोबार गर्नका लागि लाइसेन्स...

लाइसेन्स पाएका नयाँ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले दियो प्रमाणपत्र

लाइसेन्स पाएका नयाँ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले प्रमाणपत्र वितरण गरेको छ । लाइसेन्स पाएका १८ वटा कम्पनीलाई धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बुधबार प्रमाणपत्र वितरण गरेका हुन् ।  बोर्डबाट प्रमाणपत्र पाएसँगै ब्रोकर कम्पनीले...

वाणिज्य बैंकका १२ सहायक कम्पनीलाई धितोपत्र बोर्डले दियो ब्रोकर लाइसेन्स

काठमाडौं, ४जेठ।नेपाल धितोपत्र बोर्डले ‘क’ वर्गका वाणिज्य बैंकका सहायक कम्पनीसहित ४३ कम्पनीलाई धितोपत्र दलाल व्यवसायी(ब्रोकर) लाइसेन्सको लागि आशयपत्र (एलओआई) दिएको छ। बोर्डले वाणिज्य बैंकका सहायक कम्पनी र अन्य ३१ संस्थालाई एलओआई प्रदान गरेको हो। बोर्डले धितोपत्र व्यवसायी नियमावली, २०६४ नेपाल सरकार, मन्त्रिपरिषद्बाट पाँचौ संशोधन गरी नयाँ ब्रोकर लाइसेन्सको बाटो खुल्ला गरेको थियो। यसको लागि ४६ कम्पनीले आवेदन दिएका थिए।

धितोपत्र बोर्डले दियो ४३ वटा नयाँ ब्रोकरलाई आशयपत्र

२८ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ४३ वटा नयाँ सेयर ब्रोकर कम्पनीलाई सेवा सञ्चालनका लागि आशयपत्र दिने निर्णय गरेको छ । नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन गरेकामध्ये दुईवटा कम्पनीले आवेदन फिर्ता लिएका छन् भने एउटा निवेदनको योग्यता नपुगेको भन्दै बोर्डले आशयपत्र दिन मानेन । ‘बोर्डको नियमावलीअनुसार ४३ वटा नयाँ ब्रोकरलाई आशयपत्र दिने निर्णय भएको […]

धितोपत्र बोर्डले तिरायो ब्रोकर नम्बर १३ लाई जरिवाना

३० साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर १३ थाइभ ब्रोकरेज हाउस प्राइभेट लिमिटेडलाई कारवाही गरेको छ । कम्पनीले तनहुँको दमौलीमा बोर्डको स्वीकृतविना कारोबार गरेको पाइएपछि कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको बोर्डको प्रवक्ता रुपेश केसीले बताए । धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम कम्पनीलाई नगद जरिवाना गरिएको बोर्डको भनाइ […]

तीन कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड ३ वटा कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले २३ असारमा सिक्लेस हाइड्रोपावर लिमिटेडलाई र २४ असारमा धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्कासन गर्न स्वीकृत दिएको हो । सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि समेत गरी प्रतिकित्ता […]

तीन कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृति

२८ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्ड ३ वटा कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले २३ असारमा सिक्लेस हाइड्रोपावर लिमिटेडलाई र २४ असारमा धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्काशन गर्न स्वीकृत दिएको हो । सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि समेत […]

बोर्डले २१ जलविद्युत कम्पनीलाई जोखिमयुक्त भनेकोमा इप्पानले गर्‍यो भत्सर्ना

नेपाल धितोपत्र बोर्डले २१ जलविद्युत कम्पनीलाई जोखिमयुक्त भनेर निकालेको विज्ञप्तिप्रति स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले भत्सर्ना गरेको छ।