चिनियाँ सहरमा टेस्लाका कारमा प्रतिबन्ध

जुलाई १ देखि सुरु हुने चिनियाँ नेतृत्वको महत्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई २ महिनासम्म प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । बेइडाइहे ट्राफिक पुलिस ब्रिगेडका एक अधिकारीले टेस्लाका कारलाई प्रतिबन्ध लगाइने पुष्टि गरेका छन् । यसको आधिकारिक घोषणा चाँडै हुने जनाइएको छ ।ग्रीष्म शिखर सम्मेलनसमेत भनिने बेइडाइहे बैठक हरेक वर्ष हेबेई प्रान्तको रिसोर्ट सहरमा आयोजना गरिन्छ । बैठकमा अघिल्लो पुस्ताका चिनियाँ नेता मुख्य घरेलु मुद्दामा अनौपचारिक वातावरणमा