केही दिनदेखि अस्वस्थ भएकी शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् । मन्त्री झाँक्रीलाई ज्वरो र निमोनियाको सामान्य लक्षण देखिएपछि बुधबार बेलुका वीर अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।मन्त्री झाँक्रीको स्वास्थ्य परीक्षण भइरहेको र रिपोर्टहरू आउन बाँकी रहेकाले सम्पूर्ण भेटघाट समेत बन्द गरिएको उनका सहयोगी युवराज गिरीले रातोपाटीलाई जानकारी दिए ।