नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले कांग्रेसमा अहिले आमूल परिवर्तनको खाँचो रहेको बताएका छन् ।
नेपाली कांग्रेस देवदह, नगर समिति रुपन्देहीद्वारा शनिवार आयोजित भेटघाट कार्यक्रममा सभापति पुनले अब विगतको तरिकाले पार्टी चल्न नसक्ने भएकाले परिवर्तनको खाँचो रहेको बताएका हुन् ।
पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य समेत रहेका पुनले कांग्रेसलाई जनमुखी र समय अनुकूल बनाउन पार्टीका नेता तथा कार्यकर्ताको आचरण पनि परिवर्तन गर्नुपर्ने समय आएको बताए ।
उनले संविधान अनुसार १४औं महाधिवेशनबाट ...